Skip This
नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष २३ शनिबार
  • Wednesday, 17 September, 2025
रासस अबुजा
२o७९ पौष २३ शनिबार १३:४९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

नाइजेरियामा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ बेपत्ता

Read Time : < 1 मिनेट
रासस, अबुजा
नयाँ पत्रिका
२o७९ पौष २३ शनिबार १३:४९:oo

उत्तरपश्चिम नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु हुनाका साथै अन्य छ जना बेपत्ता भएका छन्।

केब्बी राज्यको कोको/बेसे क्षेत्रस्थित नदीमा स्थानीय समयअनुसार मंगलबार साँझ सो डुङ्गा पल्टिँदा उक्त दुर्घटना भएको हो। उक्त डुङ्गामा करिब १०० किसान सवार थिए जसमध्ये  ८० जनालाई सकुशल उद्धार गरिएको छ।

शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति मुहम्मदु बुहारीले दुर्घटनामा परी ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्। साथै बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका उद्धारकर्मीहरूको प्रयासको प्रशंसासमेत गरेका छन्।

राष्ट्रपतिले विशेष गरी ग्रामीण क्षेत्रमा डुङ्गाको यातायातको उचित नियमनमा बढी ध्यान दिन सरोकारवालालाई निर्देशन दिएका छन्।