१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ जेठ ७ सोमबार १o:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोवाइल नेटवर्क नटिप्ने गाउँमा इन्टरनेट सेवा विस्तार

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:५९:oo

नेपाल टेलिकम र एनसेलको मोबाइल नेटवर्क राम्रोसँग नटिप्ने लिसंखुपाखर गाउँपालिकामा इन्टरनेट सुविधा विस्तार गरिएको छ।

गाउँपालिकाले ६४ लाख खर्च गरेर ५१ वटा सरकारी निकायमा इन्टरनेट जडान गरेको गाउँपालिका अध्यक्ष राजु लामाले बताए। ‘तीन वर्षका लागि सरकारी कार्यालय र विद्यालयमा  इन्टरनेट सुविधा जडान गरिएको छ,’ उनले भने।

गाउँपालिकाभित्रका ३३ विद्यालय, सात स्वास्थ्यचौकी, सात वटा वडा कार्यालय, तीन प्रहरी चौकी, कृषि कार्यालय र पालिकाको दुई वटा भवनमा तीन वर्षका लागि इन्टरनेट सेवा जोडिएको हो। सरकारी कार्यालय र विद्यालयमा जोडिएको इन्टरनेटबाट स्थानीयसमेत लाभान्वित भएका छन्। 

सो क्षेत्रआसपासका स्थानीयले निःशुल्क इन्टरनेट चलाउन पाएका छन्। इन्टरनेट जडानपछि बालबालिकालाई मोबाइल फोन प्रयोग गरेर अध्ययन गर्न सहज भएको छ।

ad
ad