१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

संकटाले भुटनिज युथको सामना गर्दै

दोस्रोपटक फाइनल पुगेको संकटा अमेरिकन टोली भुटनिज युथविरुद्ध खेल्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:२o:oo

भुटनिज युथ स्पोर्टस् अमेरिकाले संकटा क्लबविरुद्ध २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार भिड्दै छ । भुटनिज टोलीको एकपटकको विजेताविरुद्ध प्रतिस्पर्धा गरिरहँदा उच्च मनोबलका साथ मैदानमा प्रवेश गर्नेछ । संकटा ०७७ पछि दोस्रोपटक उपाधि जित्ने लक्ष्यका साथ भिड्नेछ । फाइनलअघि शुक्रबार भएको पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक तथा कप्तानले उपाधिमाथि दाबी गरेका छन् ।

भुटनिज टोलीले सीधै क्वार्टरफाइनलमा ६ पटकको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई १–० गोलले स्तब्ध पारेको थियो । भुटनिज टोलीले सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लबलाई १–० ले हराउँदै संकटासँगको फाइनल भिडन्त पक्का पा¥यो । संकटाले फाइनल यात्रामा दुई विभागीय टोलीलाई पराजित गरेको थियो । क्वार्टरफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले संकटाले हरायो । संकटाले सेमिफाइनलमा साबिक विजेता नेपाल एपिएफ क्लबलाई ४–१ ले निराश बनायो । 

भुटनिज युथका प्रशिक्षक प्रदीप हुमागाईंले पोखराको रंगशाला आफ्ना लागि घरेलु मैदानसरह भएको बताएका छन् । यसै मैदानमा उनले एकपटक उपाधि जितेका थिए । ‘यहाँ म एकपटक च्याम्पियन भएको थिएँ, यस कारण पोखरा रंगशाला मलाई घरेलु मैदानजस्तै लाग्छ,’ हुमागाईंले भने, ‘फाइनल खेल सहज रूपमा लिएका छौँ, यसलाई दबाबरहित बनाउने प्रयास हुनेछ ।’ उनले नेपाली टोलीसँग काम गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको जनाए । 

यसैगरी, संकटाका प्रशिक्षक सल्यान खड्गीले उपाधि उचाल्ने तयारी पूरा भएको बताएका छन् । ‘फाइनल खेलको हार र जित आफ्नो पक्षमा छ, तर हामीले उपाधि उचाल्ने तयारी गरेका छौँ,’ खड्गीले भने, ‘शरीरिक रूपमा भुटनिज युथ बलियो देखिन्छ ।’ यसैगरी, भुटनिज युथका कप्तान पूजन थापामगरले फाइनल यात्रासम्म धेरै मिहिनेत गरेको बताएका छन् । फाइनलमा गल्ती नगरी प्रतिस्पर्धा गर्ने उनले बताए । यसैगरी, संकटाका कप्तान सुनील बलले फाइनलमा बढी मिहिनेत गर्ने टोलीले उपाधि उचाल्ने जनाए । 

प्रतियोगिताको उपाधि विजेताले १२ लाख र उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन् । उत्कृष्ट खेलाडीले स्कुटर पाउनेछन् । पाँच विधाका उत्कृष्ट हुने खेलाडी र सर्वाधिक गोलकर्ताले जनही २५ हजार रुपैयाँ पाउनेछन् । 

ad
ad