१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १o:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

सिटिजन लाइफको बिमा सचेतना कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:३५:oo

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बिमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सदरमुकाम बेनी बजारमा कम्पनीका ब्रान्ड एम्बासडर कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यका साथै म्याग्दीका जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापकलगायतको उपस्थितिमा कार्यक्रम समापन गरिएको हो । 

बेनी बजारमा करिब तीन सयजनाको सहभागितामा बिमा सचेतनासम्बन्धी र्‍याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवन बिमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बिमाको पहुँच हरेक नागरिकसम्म पुर्‍याउन जरुरी रहेकोमा जोड दिएका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले मानिसका चिन्ता र चुनौतीलाई व्यवस्थापन गर्ने सोचका साथ बिमाको अवधारणा विकास भएको बताउँदै बिमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।  

एक करोड मृत्यु दाबी रकम भुक्तानी
कम्पनीको म्याग्दी शाखाले एकजना दिवंगत बिमितका परिवारलाई एक करोड रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ । बिमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६, घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई एक करोड ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । 

सिटिजन शुभारम्भ बिमा योजनाअन्तर्गत असार ३१ गते जीवन बिमा गरेका बरुवालको मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको जनाइएको छ ।

५० लाख रुपैयाँको बिमालेख पोलिसी खरिद गरेका बरुवालको परिवारलाई बिमांक रकम ५० लाख रुपैयाँ, दुर्घटना मृत्यु लाभबापतको ५० लाख रुपैयाँ र किरिया खर्चबापतको ५० हजार रुपैयाँ गरी एकमुस्ट एक करोड ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिइन् ।

ad
ad