१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार १८:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी डलर देखाई ठगी गर्ने चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १८:o४:oo

मकवानपुर प्रहरीले अमेरिकी डलर देखाएर ठगी गरेको आरोपमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका ४ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। प्रहरीले उनीहरूलाई हिजो बुधबार दिउँसो हेटौँडा- १७ स्थित सालक पार्कबाट नियन्त्रणमा लिएको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

विशेष सूचनाका आधारमा अवैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरू जम्मा भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जाकारी दिए। 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ का २१ वर्षीय सोमबहादुर डुम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस डुम्जन, वडा नम्बर ४ का २८ वर्षीय शेरबहादुर तामाङ र सिन्धुपाल्चोक जिल्लाकै त्रिपुरा गाउँपालिका वडा नम्बर ३ का २८ वर्षीय देवा डुम्जन रहेका छन्।

उक्त घटनमा संलग्न एकजना भने फरार रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमले जानकारी दिए। 

फरार व्यक्तिको खोजी भइरहेको प्रहरी प्रमुख गौतमले बताए। प्रहरीले उनीहरूको साथबाट १ हजार ७ सय ४१ अमेरिकी डलर, ६ हजार २ सय १० नेपाली रुपैयाँ, कागजको नक्कली नोट ८ बन्डल, ३ वटा मोटरसाइकल, ५ थान मोबाइल र ३ थान गुलेली बरामद गरेको छ। 

पक्राउ परेका ४ जनालाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २ सय ४९ र २ सय ५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुर तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता कार्कीले बताए।

ad
ad