१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २१ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ पौष २१ बिहीबार १४:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायण नगरपालिकामा स्थानीय पाठ्यक्रम लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष २१ बिहीबार १४:o६:oo

दैलेखको नारायण नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गरेर पढाइ सञ्चालन गरेको छ। नगरपालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका विषयहरू, परम्परागत खाना, उत्पादन, परम्परागत पहिरन, आफ्ना वरपर रहेका वस्तुहरूको विश्लेषण र जानकारीसहितको पाठ्यक्रम निर्माण गरेर लागू गरिएको नगरप्रमुख लोमन शर्माले जानकारी दिए।

नगरप्रमुख शर्माले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रमअनुसार पढाइ सञ्चालन सुरु भएको बताए। विद्यार्थीलाई कक्षागत आधारमा स्थानीय पाठ्यक्रममा विभिन्न विषयहरू समावेश गरिएको छ। दोस्रो कार्यकालको लागि निर्वाचन भएलगत्तै यो अभियान थालिएको नगरप्रमुख लोमन शर्माले बताए।

नगर उपप्रमुख तप्ताकुमारी थापाले शैक्षिक क्षेत्रमा स्थानीय विषयलाई पहिलो प्राथमिकतामा राख्दै स्थानीय पाठ्यक्रमका अलावा बालबालिकालाई पर्न सक्ने अन्य समस्याहरू समाधानका लागि पनि नगरपालिकाले प्रभावकारी काम गरेको बताइन्।

शिक्षकहरूको समूह निर्माण गरी विज्ञहरूसँग विभिन्न विषयमा छलफल र बहस गरेर स्थानीय पाठ्यक्रम तयार गरिएको नगरपालिकाको वडा नं. ६ का अध्यक्ष जनक न्यौपानेले बताए। पाठ्यक्रम निर्माणका लागि जीवराज तिमिल्सिनाको संयोजकत्वमा नगरपालिकाभित्रका सबै तहका शिक्षकहरूको समिति निर्माण गरिएको थियो।