१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

महाराजगन्जमा आइएमई इलेक्ट्रिकको डिलर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:५o:oo

आइएमई इलेक्ट्रिक प्रालिले महाराजगन्जमा नयाँ डिलर सञ्चालनमा ल्याएको छ । नयाँ डिलरको नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङका साथै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

कम्पनीले राफ्ट इलेक्ट्रिक स्कुटरको डिलर सञ्जाल विस्तार गर्ने अभियानअन्तर्गत गरिमा अटो कन्सर्नका रूपमा नयाँ डिलर थपेको जनाएको छ । डिलर उद्घाटनपछि नेपाल विद्युत् प्राधिकरणका निर्देशक घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएको बताए । उनले भने, ‘नेपालले छिमेकी मुलुकबाट अर्बौंको इन्धन आयात गर्छ, विद्युतीय सवारीसाधनको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रवद्र्घन गर्न मद्दत गर्नेछ ।’\ विशेषगरी राति गाडी चार्ज गर्दा ग्राहकका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा ठूलो बचत हुने उनको भनाइ थियो । 
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष ढकालले गरिमा अटोलाई आइएमई इलेक्ट्रिक सञ्जालमा स्वागत गरेका थिए । उनले भने, ‘आइएमई इलेक्ट्रिकले इ–मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको छ र नयाँ ऊर्जा सवारीसाधन चलाउँदा जनताको पहिलो रोजाइ बन्न चाहन्छौँ ।’ राफ्ट टु–ह्विलर अक्टोबर २२ मा प्रस्तुत गरिएको र नेपालमा निकै लोकप्रिय बन्दै गएको उनको भनाइ थियो । उनले भने, ‘हामीले तीन महिनाभित्रै सयभन्दा बढी युनिट बिक्री गरिसकेका छौँ । हामीले उत्पादन बिक्री मात्रै गर्दैनौँ, पेट्रोलको आयात घटाएर वातावरण स्वच्छ राख्न मद्दत गर्दै राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान दिइरहेका छौँ ।’

गरिमा अटोका प्रबन्ध निर्देशक दान राणाले भने आफू आइएमई इलेक्ट्रिकसँग व्यापार साझेदारका रूपमा जोडिन पाउँदा गर्व महसुस गरिरहेको र ग्राहकलाई पर्यावरणमैत्री विद्युतीय दुई पांग्र्रे सवारीसाधन उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए । 
 

ad
ad