१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
२o८१ जेठ ७ सोमबार १o:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

औद्योगिक प्रदर्शनीमा ७ लाख दर्शक

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १o:४१:oo

बुटवलमा सञ्चालित १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको अवलोकनकर्ता सात लाखभन्दा बढी पुगेको छ । सात लाख दर्शक र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने आयोजकले अनुमान गरेकोमा अनुमानभन्दा बढी अवलोकन कर्ता आएका हुन् । 

महोत्सवको समापन कार्यक्रममा मूल समितिका सदस्यसचिव हरिबहादुर खत्रीले प्रदर्शनीमा करिब सात लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिएकोमा अनुमान गरेभन्दा अत्यधिक बढी दर्शक आएको तथा आर्थिक कारोबार पनि लक्ष्यअनुरूप भएको बताए । रुपन्देही उद्योग संघले प्रदर्शनीको प्रवेश टिकटबाट संकलित रकममध्ये प्रत्येक टिकटबाट चार रुपैयाँ गौतमबुद्ध सामुदायिक मुटु अस्पताल र ४ रुपैयाँ औद्योगिक तथा सामाजिक विकास राहत कोषका लागि छुट्याएको जनाइएको छ । 

समापन कार्यक्रममा पूर्वमन्त्री लीला गिरीले प्रदर्शनीले खस्कँदो आर्थिक अवस्था चलायमान बनाउँदै यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासका लागि नयाँ गोरेटे कोर्ने विश्वास व्यक्त गरे । निजी क्षेत्र र राज्य एक भएर उद्योग क्षेत्रका समस्या समाधान गर्न अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले स्वदेशी उत्पादनलाई बजारीकरण गर्न रुपन्देही उद्योग संघले गरेको प्रदर्शनीले राष्ट्रिय महत्व बोकेको उल्लेख गर्दै उद्योगको विकासका र संरक्षणको नीति अवलम्बन गर्न राज्यसँग आग्रह गरे । 

प्रदर्शनी मूल आयोजक समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले राजधानीबाहिर निर्माण हुँदै गरेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलोपटक आधुनिक डिजाइनमा ऐतिहासिक रूपमा प्रदर्शनी सम्पन्न गरेको बताए । बजारलाई चलायमान बनाउन प्रदर्शनीले थोरै भए पनि सकारात्मक भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।

प्रदर्शनीको ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । औद्योगिक प्रदर्शनी सम्पन्न गर्नका लागि संघका अध्यक्ष माधवप्रसाद पौडेलको संयोजकत्वमा १ सय १ सदस्यीय मूल समिति, ५१ सदस्यीय विशेष सल्लाहकार समिति, २ सय ५१ सदस्यीय सल्लाहकार समिति र ३२ वटा विभिन्न प्रकृतिका उपसमिति गठन गरिएको थियो । 

प्रदर्शनीमा विभिन्न प्रकृतिका ३ सय १० प्रतिष्ठान काउत्पादनहरू ४ सय १५ वटा स्टलमा सहभागी भएका थिए । यस प्रदर्शनीमा उद्योगहरूको प्रकृतिलाई हेरी विशेषताअनुसार विभाजन गरिएको थियो । जसअन्तर्गत खाद्यान्नमा ४८ प्रतिष्ठान, हस्तकलामा ३३ प्रतिष्ठान, बेकरी, अचार, आइक्रिममा ३० प्रतिष्ठान, कृषिमा ३२ प्रतिष्ठान, घरायसी, सौन्र्दयमा ३६ प्रतिष्ठान, जुत्ता–चप्पलमा २५ प्रतिष्ठान, गार्मेन्टमा २६ प्रतिष्ठान, उद्योग–प्रविधि उद्योगमा ४६ प्रतिष्ठान र होटेलमा १५ प्रतिष्ठान सहभागी रहेका छन् । त्यसैगरी क्षेत्रगत अवस्था हेर्दा ३७ जिल्लाबाट विभिन्न उद्योग प्रतिष्ठानको सहभागिता रहेको थियो । 

ad
ad