१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o८:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

सुनील र निमा उत्कृष्ट खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o८:५१:oo

 मनकामना डोजोका सुनील समाल र च्याम्पियन मार्सल आर्टकी निमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराँते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनील र निमा दुवै केजीमुनि तौल समूहका स्वर्ण विजेता हुन् ।

प्रतियोगितामा बुधबार पुरुषतर्फ ५५ केजीमुनि तौल समूहमा मनकामना डोजोका सुनीलले च्याम्पियन मार्सल आर्टस्का अंकित श्रेष्ठलाई फाइनलमा पराजित गरे । पुरुषकै ५० केजीमुनि तौल समूहमा मानसिंह डोजोका सुविन सुनारले फाइनलमा ऋतम्भरा डोजोका विवेन्द्र तामाङलाई निराश पारे । ६० केजीमुनि तौल समूहमा ऋतम्भरा डोजोका डेनिल मोक्तानले नागादेश डोजोका विमल कार्कीलाई उपाधि भिडन्तमा निराश पारे । 

६० केजीमाथि खुला स्पर्धामा च्याम्पियन मार्सल आर्टस्का अनिल बरामले स्वर्ण जिते । उनले फाइनलमा मनमैजु डोजोका महेश चापागाईंलाई पराजित गरेका हुन् । महिलातर्फ ४५ केजीमुनि तौल समूहमा मनमैजु डोजोकी सविना तामाङले फाइनलमा ऋतम्भरा डोजोकी स्वप्निता वाइबालाई पाराजित गरी स्वर्ण जितिन् । 

५० केजीमुनि तौल समूहमा मनमैजु डोजोकी पुष्पका लामाले स्वर्ण जितिन् । उनले महिला एकल कातामा पनि स्वर्ण जितेकी थिइन् । प्रतियोगिताको दोहोरो स्वर्ण जित्ने क्रममा उनले ऋतम्भरा डोजोकी रोजी तामाङलाई फाइनलमा हराइन् । ५५ केजीमुनि तौल समूहमा च्याम्पियन मार्सल आर्टस्की निमा तामाङले स्वर्ण जितिन् । उनले लुभु डोजोकी आयुषा राईलाई फाइनलमा पराजित गरिन् । ६० केजीमुनि तौल समूहमा नेपाल हायासी हा डोजोकी निरुता श्रेष्ठले फाइनलमा लुभु डोजोकी सुप्रिया बोम्जनलाई हराउँदै स्वर्ण जितिन् ।

ad
ad