१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई लाखभन्दा बढीको अवैध चिनी र मल बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १o:१५:oo

पश्चिम नवलपरासीमा प्रहरीले सोमबार दुई लाख रुपैयाँभन्दा बढीको अवैध चिनी र मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर, इलाका प्रहरी कार्यालय सेमरी र भन्सार कार्यालय महेशपुरको टोलीले बर्दघाटबाट अवैध चिनी र मल बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेका अनुसार विशेष सूचनाको आधारमा बर्दघाट नगरपालिका १३ धनेवाका पीताम्बर पौडेलको खाली गोठमा भण्डारण गरी राखेको एक लाखभन्दा बढीको ३३ बोरा चिनी, ३१ हजार बढीको ३८ बोरा डिएपी मल र एक लाख बढीको एक सय २१ बोरा युरिया मल बरामद गरिएकाे हाे । 

बरामद मल र चिनी आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा राखिएको छ । चिनी र मलको अवैध आयातमा संलग्न कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । बिल–विजक नभेटिएको र भन्सार तिरेको रसिदसमेत नभेटिएकाले मल र चिनी बरामद गरिएको प्रहरीले जनाएको छ ।

ad
ad