१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेलम्चीको पानी नपाएको भन्दै कोटेश्वरका स्थानीयले बुझाए ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

कोटेश्वरको महादेवस्थानमा मेलम्चीको खानेपानी पाइपलाइनमा नआएको भन्दै स्थानीयले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयमा ज्ञापनपत्र बुझाएका छन्।

अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनमार्फत आएको पानी बढी भएर खेर जाँदासमेत कोटेश्वर महादेवस्थान क्षेत्रमा पाइपलाइनबाट हाइटमा नचढ्दा पानी नआएको भन्दै सोमबार महादेवस्थानका स्थानीयले ज्ञापनपत्र बुझाएका हुन्।

निर्देशनालयलाई बारम्बार जानकारी गराउँदासमेत अझै पानीको पाइपबाट घरहरूमा पानी पुर्‍याउन नसकेको गुनासो गर्दै स्थानीयले समस्या समाधान नभए ठेकेदारको समेत घर घेर्ने चेतावनी दिए।

निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर राजेन्द्र सापकोटाले उक्त क्षेत्रमा जोडिएको सिस्टमले हाइटमा पानी नपुग्ने भएकाले नयाँ पाइपलाइन बनाइएको बताए। पुरानो लाइनमा नयाँ पाइपबाट पठाए पनि हाइट र टाढा भएको घरमा पानी पुग्न नसक्ने उनले बताए। हाइड्रोलिक्स बिग्रिने भएकाले तत्काल पाइपमा पानी पठाउन नसकिएको भन्दै उनले अध्ययन गरेर छिट्टै स्थानीयको माग सम्बोधन आश्वासन दिए।