१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १८ सोमबार १४:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुनासो नआउने गरी सेवा प्रवाह गर्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १८ सोमबार १४:४५:oo

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी चुस्त बनाउन निर्देशन दिएका छन्।   

प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसहितका पदाधिकारीको भर्चुअल बैठकलाई आज गृह मन्त्रालयबाट सम्बोधन गर्दै उनले जनताबाट गुनासो नआउने गरी सेवा प्रवाह गर्न तथा शीतलहरलगायत विपतजन्य घटनाबाट नागरिकको सुरक्षा गर्न निर्देशन दिएका हुन्। 

ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले गृह प्रशासनको सेवा प्रवाह चुस्त पार्न, जाडो बढेसँगै शीतलहर तथा अन्य प्राकृतिक विपतजन्य घटनाबाट नागरिकको जिउज्यान जोगाउने गरी काम गर्न निर्देशन प्राप्त भएको जानकारी दिए। 

गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राख्न तथा अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिएको उनले बताए। काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, अवैध चोरी नियन्त्रण तथा विपत् व्यवस्थापनकै विषयमा मन्त्रीले आवश्यक निर्देशन दिएको बताए। 

उपाध्ययका अनुसार गृहमन्त्रीले तराईमा शीतलहर र उच्च हिमाली जिल्लामा हिमपातका कारण हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए। 

गृहमन्त्री लामिछानेले बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन एवं विपत् व्यवस्थापनका तयारीमा आवश्यक समन्वय तथा व्यवस्थापनमा मन्त्रालयले पहल गर्ने जानकारी पनि गराएको उनको सचिवालयले जनाएको छ। 

गृहमन्त्रीले नागरिकले राज्यबाट पाउने सेवामा ढिलासुस्ती, झन्झटिलो र रुखो व्यवहार भोग्नुपर्ने गुनासो आजैदेखि हटाउन दिँदै मुलुकभर मिटरब्याजीको मारमा परेका नागरिकले अझै न्याय नपाएको गुनासो गरिरहेकाले यसप्रति पनि आफ्नो ध्यानाकर्षण भएको बताए।