१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
२o८१ जेठ ३ बिहीबार १३:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपाको राजनीतिक समिति बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:५o:oo

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक सुरु भएको छ।सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेन्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सुरु भएको हो।

सोमबार ललितपुरको ज्यापु समाज भवनमा सुरु भएको बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनीष सुमनले जानकारी दिए।

बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले निर्वाचनको समीक्षा गर्न नेता शिवलाल थापाको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिलाई अनुमोदन गर्ने कार्यसूची रहेको जसपाले जनाएको छ। दुई दिनसम्म चल्ने बैठकले पार्टी विधान अधिवेशनका लागि विधान मस्यौदा समिति पनि गठन गर्नेछ।

ad
ad