१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार पुस २५ बाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:o५:oo

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू (बिओके)को एकीकृत कारोबार गर्ने मिति तय भएको छ । पुस २५ गतेबाट दुई बैंकले एकीकृत कारोबार गर्न लागेका हुन् । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो । यसअघि बैंकहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आइएमई बिओके नाम राखेका थिए । तर, अब एकीकृत कारोबार ग्लोबल आइएमई बैंककै नामबाट हुने भएको छ ।

गत असार २ गते दुई बैंकबीच मर्जर प्रयोजनको प्रारम्भिक सहमति भएको थियो । कात्तिक २८ गते सेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । गत मंसिर २३ गते भएको दुवै बैंकका साधारणसभाले मर्जरलाई अनुमोदन गरिसकेको छ । 

मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक भएको छ ।

ad
ad