१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
दीपेश पछाई काठमाडौं
Invalid date format २o:२६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान रोकियो

Read Time : > 1 मिनेट
दीपेश पछाई, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:२६:oo

भैरहवा विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) कार्यान्वयनमा नआउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ।

आइएलएस रेडियो नेभिगेसन प्रणाली हो। जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ। तर, आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिबिलिटीमा विमान अवतरण गराउन सकिन्छ।  

निर्माण सम्पन्न भएको धेरै समयपछि जेनतेन उद्धघाटन भएको विमानस्थलले गति लिन सकेन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा उत्कृष्ट प्रविधि जडान गरिएको भनिएको विमानस्थल हुस्सु लाग्नेबित्तिकै विमान अवतरण र उडान प्रभावित भएकाे छ।

अहिले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलबाट उड्नै सबै अन्तर्राष्ट्रिय उडान ठप्प छन्। लामो समयदेखि उडान भर्दै आएको जजिराले हुस्सुको कारण देखाउँदै उडान रोकेको छ।

पहिले हप्तामा तीन दिन उडान गरेको जजिराले दैनिक उडान थप गरेको थियो। त्यसपछि यात्रु नपाएर हप्तामा तीन दिन उडान भरेको जजिराले केही हप्तादेखि हुस्सुका कारण विमान अवतरण गर्न नसक्ने कारण देखाउँदै उडान राकेको छ। हिमालयन एयरलायन्सले कात्तिक १७ गते बाट सुरु गरेको चार्टर उडान पनि अहिले रोकिएको हो। 

०२१ मा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि नेपालको दाेस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनेको थियो।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको यो विमानस्थलमा चारवटा न्यारोबडी र एउटा वाइडबडी गरी पाँचवटासम्म जहाज पार्किङ गर्न सकिन्छ।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन्। यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु विमानस्थल हुँदै बाहिरिएका छन्। 

विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउन्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन्। जजिराले डिसेम्बरसम्म उडान स्थगितको जानकारी दिए पनि यो मौसमी प्रतिकूलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ। आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन।