मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ पौष १६ शनिबार ०९:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काकाकुल जुम्लाको रारागाउँ

Read Time : < 1 मिनेट
२०७९ पौष १६ शनिबार ०९:४२:००

जुम्लाको तिला गाउँपालिका– १ रारागाउँमा ४३ वर्षअघि बनेको दुम्कली खानेपानी आयोजना जीर्ण हुँदै र मूल सुक्दै गएपछि खानेपानीको हाहाकार भएको छ । २६८ घरधुरीमा १६ सय २६ जनसंख्या रहेको गाउँमा पानी वितरणका लागि केवल १० हजार लिटरको ट्यांकी छ । गाउँका चार धारामा दुई घन्टा मात्रै पानी आउँछ ।

रित्ता भाँडा लाइनमा राखेर घन्टौँ कुर्ने स्थानीयबीच झगडा नै पर्ने गरेको छ । गाउँको तलतिर तिला नदी कलकल बग्ने भए पनि माथि बस्ती मरुभूमि बन्दै गएको स्थानीय धनराज रावतले बताए ।

‘पिउने पानी छैन, एक गाग्री पानी भर्नकै लागि कैयौँ बालबालिकाले विद्यालय छुटाउनुपरेको छ,’ उनले भने, ‘करेसाबारी पनि बाँझै भएपछि तरकारी र खाद्यान्न बाहिरबाट ल्याउनुपर्छ । तल कलकल बगेको तिला नदी हेर्न मात्रै पाइएको छ ।’ वडाध्यक्ष जंगबहादुर बस्नेतले बृहत् खानेपानी योजना निर्माणकै चरणमा रहेको बताए ।