१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार २o:४o:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आहारारा गोल्ड कप : चर्च ब्वाइज अन्तिम आठमा सुरक्षित, बाहिरियो पुलिस

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार २o:४o:oo

पोखरामा जारी २२ औँ संस्करणको आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेडले अन्तिम आठमा आफनो स्थान सुरक्षित गर्दा विभागीय नेपाल प्रहरीको नेपाल पुलिस क्लब भने प्रतियोगिताबाट बाहिरिएको छ।

सहारा क्लब पोखराको आयोजनामा तथा हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा चर्च ब्वाइजले पुलिसलाई २–१ गोल अन्तरले पराजित गरे सगै पुलिस प्रतियोगिताबाट बाहिरिएको हो। 

प्रतियोगिताको २२ संस्करणसम्म आइपुग्दा प्रतियोगितको सर्वाधिक सफल टिम पुलिसले ६ पटक उपाधि उचाली सेकेको छ भने चर्च ब्वाइजको यो पहिलो सहभागिता हो।

पहिलो सहभागितामै चर्च ब्वाइजले प्रतियोगितामा सर्वाधिक सफल टोलीलाई पाखा लगाउँदै सुखद सुरुवात समेत गरेको छ । जितसँगै क्वार्टरफाइनल प्रवेश गरेको चर्च ब्वाइजले सेमिफाइनल प्रवेशका लागि १७ गते हुने खेलमा मच्छिन्द्र फुटबल क्लब संग प्रतिस्पर्धा गर्नेछ। 

खेलमा सुरुवाती अग्रता लिएको पुलिसले अग्रता जोगाउन नसक्दा सातौँपटक उपाधि उचाल्ने सपना चक्नाचुर भएको छ। 
खेलमा एक गोलले पछि परेको चर्च ब्वाइज लयमा फकदै एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै खेल आफनो पक्षमा पार्न सफल भयो। 

खेलको २५ औँ मिनेटमा पुलिसका रविशंकर पासवानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। निरकुमार राईले दिएको पासलाई उपयोग गदै पासवानले बललाई जाली चुमाउन सफ भएका थिए। चर्च ब्वाइजका अन्नत तामाङले क्लियर गर्न नसकेको बल रविले निरकुमारलाई पास दिएका थिए सोही बलललाई निरकुरमारले डिबक्स भित्र रविलाई दिएका थिए। पाएको बल रविले डिबक्स भित्रबाट फष्टबार च्याप्दै हानेको बलले जाली चुमेको थियो।

पहिलो हापमा एक गोलले पुलिसले अग्रता लिएकोमा ७६ औँ मिनेटमा चर्च ब्वाइजले खेललाई बराबरीमा पुरयाएका थिए। क्लबमा केहीदिन अघिमात्र आवद्ध भएका अञ्जन विष्टले टोलीका लागि गोल गदै खेललाई बराबरीमा पुरयाएका थिए।  कर्नरबाट तेज तामाङले प्रहार गरेका बललाइ एरिक विष्टले हेड मार्फत पोस्टतर्फ प्रहार गरेको बल फकिएपछि खेलका म्यान आफदी म्याच समेत रहेका अञ्जनले सोही बललाई उपयोग गरेका थिए।

निर्धारित ९० मिनेटको खेल एक एकको बराबरीमा सकिएपछि निर्णयका लागि खेल अतिरिक्त समयमा धकेलीएको थियो। अतिरिक्त समयको पहिलो हाप ९० र १० मिनेटमा चर्च ब्वाइजको तर्फबाट अनन्त तामाङले गोल गदै टोलीलाई अग्रता दिलाएका थिए। कर्नरबाट तेज तामाङले हानेको बल अन्जनले हेड गरेको बललाई तामाङले पेनाल्टी क्षेत्रबाट पोष्टको शही दिशा दिन सफल भएका थिए।

खेलको इन्जुरी समय ९० र ३ मिनेटमा डिबक्स क्षेत्रनजिकै पुलिसले पाएको फ्रिकिक  बुद्ध लामाले प्रहार गरेका थिए र लामाले प्रहार गरेको बल रिबाउन्ड भएर आएपछि नीरकुमार राई हुँदै हेमन्त श्रेष्ठले पेनाल्टी क्षेत्रबाट हेडमार्फत बललाई जाली चुमाएका थिए । तर सहायक रेफ्री प्रकाश भुजेलले अफसाइड दिएसगै सो गोलले मान्यता नपाएपछि केहीबेर खेलाडी र रेफ्रीबीच बिबाद भएके थियो।

यस अघि खेलको ८ आँै मिनेटमा डिबक्स बाहिरबाट पाएको फ्रिकक अन्जन विष्टले सदुपयोग गर्न नसक्दा चर्च ब्वाइज खेलमा सुरुवाती अग्रता लिनबाट चुकेको थियो। १२ औँ मिनेटमा पुलिसका निरकुमार राईको कडा प्रहार विपक्षी दिनेश राजबंशीलाई लागेर फकर्दा पुलिस सुरुवाती अग्रता लिन चुकेको थियो। 

२९ औँ मिनेटमा सरिशंकरले हानेको प्रहार विपक्षी किपर किशोर गिरिको हातमा परेको थियो। ५७ औँ मिनेटमा अन्जनको हेड प्रहार विपक्षी किपरले बचाउ गरेका थिए । ७६ औँ मिनेटमा चर्च ब्वाईजका एरिक विष्टले गरेको प्रहार विपक्षी गोलरक्षक सञ्जीत श्रेष्ठले मुस्कीलले बचाउ गर्ने क्रममा बल उनको हालमा लागेर बाहिरिएको थियो।

जितपछि चर्च ब्वाइजका प्रशिक्षक विक्रम लामाले भने, ‘टिम नयाँ भएकाले तामेल केही नमिलेपनि खेलाडीले मेहनत गरि खेलेकाले सफलता हात पार्यौँ।’ 

पहिलो हापको तुलनामा दोस्रो हापमा केही राम्रो गरेकाले पनि जितका लागि सहज भएको उनले बताए। अब हुने अर्को खेलमा भएका कमीकमजोरी सुधार गरेर खेल्ने भनाइ उनको थियो।  
हारपछि पुलिसका रविन श्रेष्ठ रेफ्रिले गलत निर्णय गरेकाले हार्नु परेको बताएका थिए। ‘हामीले राम्रो खेल्दा खेल्दै पनि रेफ्रिले निर्णय सही नगर्दा हारे ब्यहोर्नुप¥यो,’ उनले भने। 
 

ad
ad