Skip This
मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १५ शुक्रबार
  • Tuesday, 13 May, 2025
२o७९ पौष १५ शुक्रबार ११:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १५ शुक्रबार ११:१५:oo

मकवानपुरको बकैया गाउँपालिका– ५ स्थित धरान–चतरा सडकखण्डमा ट्रकको ठक्करबाट मोटरसाइकलचालकको मृत्यु भएको छ।

शुक्रबार बिहान हेटौँडाबाट फापरबारीतर्फ जाँदै गरेको ना.२२प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना.७ख १३५२ नम्बरको सिमेन्ट लोड ट्रकले ठक्कर दिँदा मोटरसाइकलचालक हेटौँडा– १८ फुर्केचौरका विक्रम भम्जनको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौँडा फुर्केचौरकी हिरामाया लोप्चन तथा ट्रकचालक बाराको निजगढ– ९ का सूर्यबहादुर घिमिरे र ट्रकमा सवार पहिचान नखुलेका अन्दाजी २५ वर्षीय एक पुरुष घाइते भएकाे प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार चुरेहिल अस्पतालमा उपचाररत लोप्चनको अवस्था गम्भीर छ। ट्रकचालक र पहिचान नखुलेका पुरुषको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।