१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शुक्रले जिते सूर्य नेपाल इस्टर्न

दोस्रो स्थानमा रहेका नीरज तामाङमाथि आठ स्ट्रोकको अग्रता लिँदै शुक्रबहादुरले उपाधि हात पारे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:४१:oo

नेपालका नम्बर एक गल्फर शुक्रबहादुर राईले बिहीबार सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । उपाधि हात पार्ने क्रममा शुक्रबहादुरले समग्रमा १७ अन्डर एक सय ९३ को कोर्स रेकर्ड राखेका हुन् । उनले बलभद्र राईले सन् २०२० मा बनाएको ९ अन्डर दुई सय एकको रेकर्ड तोडे । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन बोगीरहित खेले । 

पार ७० को धरान गल्फ क्लबको कोर्समा प्रतियोगिताको अन्तिम दिन सात अन्डर ६३ को उत्कृष्ट स्कोरसहित १७ अन्डर एक सय ९३ स्कोर गर्दै शुक्रबहादुरले धरानका नीरज तामाङलाई आठ स्ट्रोकले हराउँदै उपाधिमाथि कब्जा जमाएका हुन् । नीरज पहिलो दिन शीर्ष स्थानमा थिए ।

लगातार दुई दिन शुक्रबहादुरले उत्कृष्ट प्रदर्शन गरे । उपाधिसहित उनले एक लाख ४० हजार रुपैयाँ प्राप्त गरेका छन् । समग्रमा नौ अन्डर दुई सय एक स्कोर गरेका नीरजले दोस्रो स्थान प्राप्त गरे । उनले ९० हजार रुपैयाँ जिते । भुवन नगरकोटीले समग्रमा पाँच अन्डर दुई सय पाँच स्कोरसहित तेस्रो स्थानमा रही ६७ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

 समग्रमा चार अन्डर २ सय ६ स्कोरसहित सञ्जय लामा चौथो हुँदै ५५ हजार रुपैयाँ हात पारे । रामे मगर पाँचौँ भए । धनबहादुर थापा र जयराम श्रेष्ठले संयुक्त रूपमा छैटौँ स्थानमा खेल सकाए । दिनेश प्रजापतिले समग्रमा तीन ओभर २ सय १३ मा खेले ।

 चार स्ट्रोकको अग्रता
उत्कृष्ट फर्ममा रहेका शुक्रबहादुरसँग अन्तिम १८ होलको खेल सुरु गर्दा चार स्ट्रोकको अग्रता थियो । अन्तिम दिन दबाबरहित खेलेका उनले फ्रन्ट नाइन तीन अन्डर ३३ र ब्याक नाइन चार अन्डर ३० को स्कोर गरे । उनले तेस्रो, सातौँ र नवौँ होलमा बर्डी प्रहार गरे । उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै ब्याक नाइनमा चार सट बचाए । शुक्रबहादुरले १०औँ, १५औँ, १६औँ र १८औँ होलमा बर्डी निकाले ।

दोस्रो स्थानमा रहेका नीरजले पहिलो होलमा बोगी खेपे पनि तेस्रो, पाँचौँ, छैटौँ र नवौँ होलमा एक–एक सट बचाए । उनले फ्रन्ट नाइनमा तीन अन्डर ३३ स्कोर गरेका थिए । यसपछि १५औँ र १८औँ होलमा बोगी सामना गरेका नीरजले ११औँ र १५औँ होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन इभन पार ३४ को स्कोर गरे ।