१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार o७:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

आहारारा पोखरा गोल्डकप : उद्घाटन खेलबाटै आयोजक सहारा बाहिरियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:२४:oo

आयोजक सहारा क्लब २२औँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलबाटै बाहिरिएको छ । पोखराको फुटबल मैदानमा बिहीबार उद्घाटन खेलमा सहारा धरान फुटबल क्लबसँग १–० ले स्तब्ध हुँदै पहिलो खेलमै सीमित भएको हो । धरानको जितमा एक मात्र निर्णायक गोल म्यान अफ दी म्याच प्रकाश बुढाथोकीले गरेका थिए । खेलको चौथो मिनेटमा प्रकाशले धरानलाई १–० को अग्रता दिलाए । खेलमा थप गोल नहुँदा प्रकाशकै गोल निर्णायक बन्यो ।

प्रकाशले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए । जितसँगै धरान क्वार्टरफाइनलमा पुगेको छ । १६ पुसमा एपिएफविरुद्ध धरानले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताअन्तर्गत शुक्रबार नेपाल पुलिसले चर्च ब्वाइज युनाइटेड फुटबल क्लबको सामना गर्नेछ ।

फ्रिकिकमा एक मात्र गोल
खेलको चौथो मिनेटमा डिबक्सअगाडि भागवत चौधरीले धरानका प्रकाशलाई लडाएपछि रेफ्री नविन्द्र महर्जनले फ्रिकिकको संज्ञा दिए । डिबक्सअगाडि प्राप्त फ्रिकिक सदुपयोग गर्दै प्रकाशले सीधै गोल गरे । घरेलु मैदानमा मध्यान्तरपछि सहाराले धरानमाथि दबाब राखेको थियो । यद्यपि, सहाराका खेलाडीले बराबरी गोल फर्काउन सकेनन् । खेलको पहिलो हाफमा धरान र दोस्रो हाफमा सहारा केही हावी भएका थिए । धरानको तुलनामा सहाराको फिनिसिङमा कमजोर देखियो । खेलको सुरुमै गोल सामना गर्नुपरेपछि आयोजक सहारा दबाबमा परेको थियो । खेलको २४औँ मिनेटमा सहाराका अमिन रावलले गरेको हेडिङ गोल प्रयास खेर गयो । 

योजनाअनुसार खेल
जितपछि धरानका प्रशिक्षक सागर घिमिरेले खेलको सुरुवातमै अग्रता लिनु नै जितको आधार बनेको बताए । प्रतिस्पर्धामा खेलाडीले समेत योजनाअनुसार मैदानमा खेलेकाले जितका लागि थप सहज भएको घिमिरेले जनाए । ‘पहिलो खेलमा योजनाअनुसार प्रतिस्पर्धा भयो, दोस्रो खेलमा केही खेलाडी थप हुने हुँदा टोली थप मजबुत हुनेछ,’ घिमिरेले भने । सहाराका प्रशिक्षक प्रह्लाद हिराचनले चौथो मिनेटमै गोल बेहोर्दा खेलाडी दबाबमा परेको जनाए । 

ad
ad