१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सुकुमबासी बस्ती हटाउन महानगरले माग्याे गृहसँग सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:३९:oo

काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा अवस्थित सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। 

महानगरले बिहीबार पत्र काट्दै थापाथलीको बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको हो।

बागमती नदी किनारमा अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन पटक–पटक प्रयास गरेको र यस कार्यलाई अभियानकै रूपमा अगाडि बढाउनुपर्ने पत्रमा उल्लेख छ।

मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गर्न महानगरले अनुरोध गरेको छ।