मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७९ पौष १४ बिहीबार १८:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस प्रकरणमा मुछिएका डिएसपी निलम्बित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ पौष १४ बिहीबार १८:५२:००

गृह मन्त्रालयले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बन गरेको छ। 

नेपाल प्रहरीले गरेको सिफारिसका आधारमा मन्त्रालयले केसीलाई निलम्बन गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले सुन व्यवसायीसँग घुस मागेको आरोपमा आइतबार राति पक्राउ गरेको थियो। 

सुरुमा ब्युरोले बुटबलका खिलेन्द्रसिंह जिसीलाई एक रिसोर्टबाट रु नौ लाख ५० हजार रकमको चेक र उनको झोलामा सुनजस्तो देखिने ३४ तोला २१ लालको पहेँलो धातुसहित पक्राउ गरेको थियो। 

उनीमाथि गरिएको अनुसन्धानका क्रममा उक्त घटनामा स्थानीय व्यवसायी किसन विक र डिएसपी केसीको आपसी सम्बन्ध रहेको खुलेपछि उनको निवासमै पुगेर प्रहरीले पक्राउ गरेको थियो। 

उनको घरमा खानतलासी गर्दा नगद रु आठ लाख ५० हजार फेला पारी बरामद गरिएको सिआइबीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए।  

सिआइबीको टोलीले सोही दिन नै बरामद भएको रकम, सुनजस्तो देखिने पहेँलो धातु र ठगबहादुर केसी तथा खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको थियो। प्रहरीले उनीमाथि अनुसन्धान जारी रहेको जनाएको छ। रासस