मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष १४ बिहीबार
  • Wednesday, 02 September, 2026
२o७९ पौष १४ बिहीबार १६:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अंग्रेजी नयाँ वर्ष मनाउन चितवन आए पूर्वराजा ज्ञानेन्द्र   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष १४ बिहीबार १६:३५:oo

अंग्रेजी नयाँ वर्ष मनाउन पूर्वराजा ज्ञानेन्द्र शाह बुधबार चितवन आएका छन्। पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा चोक-चोकमा सयौँको संख्यामा समर्थकले ‘राजा आऊ देश बचाऊ’को नारा लगाउँदै फूलगुच्छाले उनकाे स्वागत गरेका थिए। 

परिवारसहित आएका उनी चितवनको जगतपुरस्थित होटेल सोल्टीमा बसेका छन्। हप्तौँ अघिदेखि निजी भ्रमणमा रहेका पूर्वराजा शाह सिमराको भ्रमण गर्दै चितवन आएका हुन्।

उनी आफैँ गाडी चलाउँदै चितवन आएका हुन्। उनले आफ्नो भ्रमणबारे कुनै प्रतिक्रिया दिएका छैनन् । स्राेतका अनुसार उनले नयाँ वर्ष चितवनमा नै मनाउने छन्।

उनका लागि सांगीतिक कार्यक्रमको समेत आयोजना गरिँदै छ। चितवनमा पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गर्ने उच्च स्रोतले जनाएको छ।