१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने सत्तागठबन्धनको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:oo:oo

सत्तासाझेदार दलहरूले आगामी पाँच दिनमा न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय गरेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो। 

न्यूनतम साझा कार्यक्रम बनाउन नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई संयोजक बनाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बताए। उनले बैठकमा मन्त्रिमण्डल विस्तारबारे पनि छलफल भएको बताए। उनले आजको बैठकमा केन्द्र सरकारदेखि प्रदेश सरकारबारे पनि छलफल भएको जानकारी दिए।

‘सत्तारूढ गठबन्धनले पाँच दिनभित्र न्यूनतम साझा कार्यक्रम तय गर्ने निर्णय भएको छ। हरेक राजनीतिक दलले न्यूनतम साझा कार्यक्रमका लागि सदस्य तोक्ने निर्णय भएको छ,’ उनले भने, ‘यो सत्तासाझेदार दलहरूमा संयोजकका रूपमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीज्यूलाई अघि बढाउने निर्णय भयो। मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भयो। मन्त्रिमण्डल विस्तार गर्दा योग्यताको आधारमा विस्तार गर्ने भन्ने विषयमा छलफल भयो।’

गृहमन्त्री लामिछानेले सरकार केका लागि हो भन्ने कुराको तय गर्न न्यूनतम साझा कार्यक्रम बनाउन लागिएको बताए।