Skip This
प्रदेश १ मा सत्ता सहकार्यका लागि माओवादीले बनायो वार्ताटोली 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:१३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ मा सत्ता सहकार्यका लागि माओवादीले बनायो वार्ताटोली 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:१३:oo

प्रदेश १ मा माओवादी केन्द्रले नयाँ सरकार गठन र अन्य सहकार्यका लागि तीनसदस्यीय वार्ताटोली गठन गरेको छ। केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज राम कार्कीको नेतृत्वमा माओवादी केन्द्रले सरकार गठन र सभामुख चयनका लागि तीन सदस्यीय वार्ताटोली गठन गरेको हो। 

वार्ताटोली सदस्यहरूमा माओवादी केन्द्र संसदीय दलमा निर्वाचित नेता इन्द्रबहादुर आङ्बो र प्रदेश १ कमिटी अध्यक्ष हर्कबहादुर नेम्वाङ सदस्य छन्। 

पहिले कांग्रेससहितको पाँचदलीय गठबन्धनमा सामेल रहेको माओवादी केन्द्रले केन्द्रीय राजनीतिमा आएको फेरबदलसँगै प्रदेश १ मा पनि आफनो कोर्स परिवर्तन गरेको छ। 

प्रदेश १ मा अब एमाले, माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी गठबन्धनको सरकार निर्माण हुने भएको छ।  प्रदेश १ को मुख्यमन्त्रीमा ४० सिट प्राप्त गरेको सबैभन्दा ठूलो दल एमालेबाट संसदीय दलको नेतामा निर्विरोध निर्वाचित पोलिटब्युरो सदस्य हिक्मत कार्की र माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संसदीय दलमा निर्विरोध निर्वाचित इन्द्रबहादुर आङ्बो दाबेदार छन्। 

यसैगरी प्रदेश १ सभाको सभामुखमा एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका छन्। केन्द्रीय राजनीतिमा भागबन्डा भएसँगै प्रदेश १ मा पनि सोहीअनुसार सरकार निर्माण हुनेछ। र, सभामुख र उपसभामुख पनि चयन हुनेछन्। 

प्रदेश १ मा निर्वाचित सबै दलका ९३ जना सांसदले ११ पुसमा शपथग्रहण गरिसकेका छन्। १७ पुसमा प्रदेश १  सभाको दोस्रो कार्यकालेको पहिलो अधिवेशनको पहिलो बैठक बस्दै छ। 

प्रदेश १ मा दोस्रो कार्यकालका लागि एमाले र माओवादी केन्द्रले निर्विरोध संसदीय दलको नेता चयन गरिसकेका छन्। दोस्रो ठूलो दल कांग्रेसमा भने आकांक्षीहरू धेरै भएकाले १५  पुसमा निर्वाचन हुँदै छ। चौथो दल राप्रपामा भने भक्ति सिटौला निर्विरोध दलको नेता चयन हुने सम्भावना छ। 

प्रदेश १ मा एमालेको प्रत्यक्षमा २५ र समानुपातिकमा १५ जना सांसद छन्। कांग्रेसका  प्रत्यक्षतर्फ १७  र समानुपातिकमा १२ सांसद छन्। माओवादी केन्द्रमा प्रत्यक्षमा नाै र समानुतिकमा चार सांसद छ। यस्तै, राप्रपामा प्रत्यक्षमा दुई र समानुपातिकमा चारजना सांसद छन्। एकीकृत समाजवादीमा प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ एकजना सांसद छन्। जसपाले भने समानुपातितर्फ एकजना मात्र सांसद निर्वाचित भएका छन्। 

प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिकमा ३७ सांसद निर्वाचित भएका छन्। यहाँ बहुमतको सरकार गठन गर्न ४७ जना सांसद चाहिन्छ।