१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
तस्बिर : रेणु दाहाल (फेसबुक पेज)
शुरोजंग पाण्डे काठमाडाैं
२o८१ बैशाख २९ शनिबार १४:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्ड–ओली भेट सकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार १४:१५:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीचको भेटवार्ता सकिएको छ । 

प्रचण्डनिवास खुमलटारमा भएको भेट सरकारका कामकारबाहीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा केन्द्रित रहेको एमाले अध्यक्ष ओलीले जानकारी दिए । 

भेटपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै ओलीले भने, ‘भर्खरै सरकार गठन भएको छ । सरकारलाई कसरी अगाडि बढाउने भन्ने समसामयिक विषयमा कुरा भयो ।’

प्रचण्डको सचिवालय सदस्य रमेश मल्लले सरकारको नीति तथा कार्यक्रम र सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा विहंगम छलफल भएको बताए । ‘जनतालाई सेवाप्रवाह र सुशासनको विषय कसरी कार्यान्वयनको तहमा लैजाने भन्ने विषयमा छलफल केन्द्रित रह्यो,’ उनले भने । 

उनले भोलि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सत्तासाझेदार दलहरूको बैठक बस्ने पनि जानकारी दिए । 

ad
ad