Skip This
प्रदेश १ सांसदहरूको शपथग्रहण सम्पन्न
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १६:५७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ सांसदहरूको शपथग्रहण सम्पन्न

पाँचजनाले लिए लिम्बु भाषामा शपथ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १६:५७:oo

प्रदेश १ मा  नवनिर्वाचित सांसदहरूले शपथग्रहण गरेका छन्। सोमबार दिउँसो साढे १ बजे ज्येष्ठ सांसद ७९ वर्षीय कांग्रेसका गयानन्द मण्डलले ९२ सांसदलाई शपथग्रहण गराएका हुन्।

ज्येष्ठ सांसद मण्डललाई दिउँसो साढे १२ बजे प्रदेश प्रमुख पर्शुराम खापुङले आफ्नै कार्यालयमा शपथ गराएका थिए। प्रदेश प्रमुखले शपथग्रहण गराएपछि ज्येष्ठ सांसद मण्डलले प्रदेश सभा भवन पुगेर कार्यवाहक सभामुखको तर्फबाट बाँकी ९२ सांसदलाई शपथग्रहण गराएका हुन्।

माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, एकीकृत समाजवादीकी खिनुलङवा लिम्बू र कमलप्रसाद जबेगु, कांग्रेसका खगेनसिंह हाङगाम र जनता समाजवादीकी निर्मला लिम्बूले आफ्नै मातृभाषा (लिम्बू भाषा)मा शपथ लिए। शपथग्रहण समारोहमा भाग लिन निर्वाचित सांसदहरू आ–आफनो वेशभूषामा सजिएर उपस्थित थिए।

शपथग्रहणपछि प्रदेश सभा सचिवालयले नवनिर्वाचित सांसदहरूलाई खादा ओढाएर मुख्यमन्त्री राजेन्द्रकुमार राई र ज्येष्ठ सांसद मण्डलबाट स्वागत सम्मान गराएको थियो।