१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १५:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सांसदद्वय यादव र राईले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १५:o८:oo

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराएका थिए। 

शपथ समारोहमा सचिवालयका महासचिव डा. भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो।

प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए। यादव र राई कारणवश शपथ लिन छुटेका थिए। 

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १० गरी दुई सय ७५ सांसद छन्। दुई सांसदले शपथ लिन बाँकी छ। सांसदद्वय प्रेम आले पारिवारिक शोक तथा माया राई सुत्केरी भएका कारण शपथ लिन बाँकी छन्। 

ad
ad