१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ७ बिहीबार १५:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

स्पेनिस क्लब काथेरेन्यो एफसीसँग नेपालका दुई टिमले मैत्रीपूर्ण खेल खेल्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार १५:o५:oo

स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ। बिहीबार लुम्बिनी गार्डेन फाउन्डेसनले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो।

काथेरेन्यो एफसीले नेपालमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ। काथेरेन्यो स्पेनको दोस्रो डिभिजनको लिग खेलिरहेको क्लब हो। स्पेनिस क्लबले नेपाल भ्रमणका क्रममा पुस १३ गते पोखरा रंगशालामा गण्डकी– ११ सँग मैत्रीपूर्ण खेल खेल्नेछ। गण्डकी– ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन्। गण्डकी– ११ लाई प्रशिक्षण राजेन्द्र तामाङले गर्नेछन्।

त्यस्तै, पुस १४ गते काठमाडौंको दशरथ रंगशालामा काठमाडौं– ११ सँग प्रतिस्पर्धा गर्नेछ। काठमाडौं– ११ को कप्तानी राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले तथा प्रशिक्षण मेघराज केसीले गर्नेछन्। स्पेनिस क्लब काथेरेन्योसँग स्पेनका पूर्वराष्ट्रिय खेलाडीसहित ला लिगा फुटबल क्लब रियल मड्रिड, बार्सिलोना र एथलेटिको मड्रिडजस्ता ठूला क्लबमा खेलेका अनुभवी खेलाडीहरू रहेका छन्।

नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने लक्ष्यसहित मैत्रीपूर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ। काथेरेन्योले  काठमाडौं र पोखरामा एक–एक मैत्रीपूर्ण खेल खेल्नेछ। अखिल नेपाल फुटबल संघ (एन्फा), कास्की जिल्ला फुटबलसँगको सहकार्यमा ‘शान्तिका लागि फुटबल’ भन्ने नारासहित हुन लागेको मैत्रीपूर्ण खेल पुस १३ र १४ गते हुनेछ।

नेपाल भ्रमण गर्ने स्पेनिस टोलीमा स्पेनको राष्ट्रिय टोलीबाट खेलिसकेका म्यानुयल सान्चेज डेल्गाडो (मोनोलो) पनि छन्। विश्वकप १९९० मा मोनोलो स्पेनिस टिमको मुख्य खेलाडी थिए।