१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ७ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ पौष ७ बिहीबार ११:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सिराहाका विद्यार्थीलाई म्याद गुज्रिएको फाइजर खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ७ बिहीबार ११:o८:oo

सिराहाका विद्यार्थीलाई म्याद गुज्रिएको फाइजर खोप लगाइएको पाइएको छ । पुस ५ देखि ७ गतेसम्म सिराहाका विभिन्न पाँचवटा पालिकामा रहेका सामुदायिक विद्यालयका १२ वर्ष वा सोभन्दा माथि उमेर भएका बालबालिकालाई म्याद गुज्रिएको खोप लगाउन सुरु  गरिएको पाइएको हो । 

जिल्लाको सिराहा नगरपालिका, कल्याणपुर नगरपालिका, मिर्चैया नगरपालिका, कर्जन्हा नगरपालिका र लहान नगरपालिकाका सामुदायिक विद्यालयमा कोभिड– १९ विरुद्धको फाइजर खोप लगाउन अभियान थालिएको छ । यसका निम्ति स्वास्थ्य कार्यालय सिराहाले प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र जनकपुरधामबाट म्याद गुज्रिएका २० हजार डोज खोप ल्याएको छ । 

बालबालिकालाई लगाउने गरेको अमेरिकामा बनेको फाइजर खोपको म्याद नोभेम्बर २०२२ उल्लेख गरिएको छ । एफवाई १३३१ उल्लेख गरिएको खोपको अन्तिम म्याद नोभेम्बर २०२२ रहेको छ ।

विद्यार्थीको गुनासोपछि रोकियो
सिराहाको चन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले म्याद गुज्रिएको खोपबारे गुनासो गरेका छन् । नोभेम्बर २०२२ सम्मको समय भएकाले म्याद गुज्रिसकेकाले आफूहरूले म्याद गुज्रिएको खोप लगाउँदा स्वास्थ्यमा समस्या हुन सक्ने भनेर प्रअलाई गुनासो गरेको कक्षा ७ मा अध्ययनरत चाँदनी मुखियाले बताइन् । विद्यार्थीले खोप म्याद गुज्रिएको भ्याक्सिन भएकाले लगाउन नचाहेपछि चन्द्र माध्यमिक विद्यालयका खोप कार्यक्रम रोकिएको छ ।

भूलवश होइन : खोप फोकलपर्सन यादव
स्वास्थ्य कार्यालय सिराहाको खोप फोकलपर्सन रामविनय यादवले खोप लगाउने काम कुनै भूलचुकमा नभएको बताएका छन् । उनले भने, ‘भूलचुक वा धोकाबाट पठाएको भ्याक्सिन छैन । विज्ञ टोलीले स्वास्थ्य मन्त्रालयमा बसेर निर्णय गरी तीन महिना म्याद थप गर्‍यो । त्यही आधारमा अहिले बालबालिकालाई लगाउने काम भइरहेको छ ।’ १० दिनअघि जनकपुरधामस्थित प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रबाट २० हजार डोज फाइजर भ्याक्सिन ल्याएर अभियान थालिएको भन्दै खोप फोकलपर्सन यादवले पहिलो चरण सकेपछि खोप मौज्दातको अवस्था हेरी अभियान अरू पालिकामा सुरु गर्ने बताएका छन् । 

महाशाखाको पत्रको आधारमा खोप लगाइँदै
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको परिवार कल्याण महाशाखाले कोभिड– १९ विरुद्धको खोपको ‘सेल्फ लाइफ एक्टेन्सन’ गरिएको भन्दै २० कात्तिकमा सातवटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई पत्रचार गरेको छ । 

फाइजर खोपको नाै महिनाबाट १२ महिना कायम भएको भन्दै निर्देशक डा. विवेककुमार लालले पठाएको पत्रका अधारमा अहिले सिराहा जिल्लामा खोप दिन थालिएको छ । महाशाखाले पठाएको पत्रमा नोभेम्बरमा म्याद सकिएको खोपको तीन महिना म्याद थप भएको र अगामी फेब्रुअरीसम्म कायम भएको उल्लेख छ ।