१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
हदिश खुद्दार जनकपुरधाम
Invalid date format o९:१४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

कार्यकाल उपलब्धिमूलक : मुख्यमन्त्री राउत

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
Invalid date format o९:१४:oo

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पाँचवर्षे कार्यकाल सफल र उपलब्धिमूलक रहेको दाबी गरेका छन् । प्रदेश नयाँ संरचना भएर पनि आफ्नो नेतृत्वको सरकारले विगतका आन्दोलनमा प्राप्त राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक, शैक्षिक, भौतिक पूर्वाधारका साथै चौतर्फी विकासको क्षेत्रमा सन्तोषजनक कार्य गरेको मुख्यमन्त्री राउतको भनाइ छ ।  

बुधबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्री राउतले आफ्नो नेतृत्वको सरकारले गरेको कार्यहरूको फेहरिस्त प्रस्तुत गरे । शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्षको अवधिका भौतिक संरचनादेखि आवश्यक ऐन–कानुन निर्माणका साथै सामाजिक, आर्थिक, शैक्षिक क्षेत्रमा उल्लेखनीय काम गरेको मुख्यमन्त्री राउतले बताए । ‘पहिचानका आधारमा प्रदेशको नामकरण, ‘एक सहिद परिवार एक रोजगारी’, दर्जनौँ विधेयक प्रमाणीकरण, तीनवटा विश्वविद्यालयको स्थापना, महिला सशक्तीकरणका लागि मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’, मुख्यमन्त्री स्वच्छता अभियान, जनलोकपाल आयोग गठन, प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर कालोपत्रे सडक निर्माणलगायत कार्य उपलब्धिका रूपमा रहेका छन्,’ राउतले भने । 

कर्मचारीको चर्को अभाव, सीमित स्रोत–साधन र संघीय सरकारको आवश्यकताअनुसार सहयोग नहुँदा धेरै कार्य प्रदेश सरकारले चाहेर पनि गर्न नसकेको उनको भनाइ थियो । मधेस प्रदेशले संघीयतालाई कार्यान्वयन गर्न प्रदेश सरकारले अन्य प्रदेशभन्दा सदैव अग्रस्थानमा रहेर काम गरेको बताउँदै उनले भने, ‘आफ्नो हक अधिकारका लागि पटक–पटक संघीय सरकारको विरोधमा अदालत पुगेकै हो । अन्य प्रदेश प्रहरी ऐन बनाएर प्रदेश प्रहरी गठनको लागि पटक–पटक प्रयास गर्‍यौँ, तर समयमा संघीय सरकारको सहयोग नहुँदा त्यसमा ढिलाइ भएको हो ।’