१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Sunday, 11 May, 2025
२o७९ पौष ६ बुधबार १४:५१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शपथ समाराेहमा शीतलनिवासले मिलाएकाे ‘सिट प्लानिङ’ [तस्बिरहरू]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १४:५१:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसद पशुपतिशमशेर जबरालाई संसद्का ज्येष्ठ सदस्यका रूपमा शपथ गराएकी छिन्। 

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की उपस्थित थिए । 

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने संवैधानिक व्यवस्था छ। ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन्।

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार संघीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथग्रहण कार्यक्रम छ।  

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था छ।

शपथ कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समावादीका सम्मानित नेता झलनाथ खनाल सँगै बसेका छन्। तत्कालीन नेकपा विभाजनपछि उनीहरूको यो पहिलो भेट हो। ओली र प्रचण्डबीच सामान्य छलफलसमेत भएको छ।