१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

भाले–पोथी जरायो मारेर भाग्दै गरेका पाँच सिकारी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२८:oo

भाग्दै गरेका सिकारीलाई उनीहरू चढेको गाडीको टायरमा गोली हानेर निकुञ्जको सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तु सिकार गरिरहेको अवस्थामा पाँच सिकारी पक्राउ परेका छन् । निकुञ्जको विशेष गस्ती टोलीले सोमबार राति उनीहरूलाई जमुनिया खोलाबाट दुई मृत जरायो र हातहतियारसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्सा सखुवा–प्रसौनी– १ का विशाल सहनी, झापसदास थारू र नवराज बस्नेत, काभ्रेपलाञ्चोकका दामोदर अधिकारी र ठेगाना नखुलेका मालदोङ तामाङ रहेका छन् । बन्दुक पड्किएको आवाज सुनेपछि पछ्याउँदै जाँदा निकुञ्ज सुरक्षार्थ खटिएको गस्ती टोलीले जमुनिया खोलाबाट उनीहरूलाई नियन्त्रणमा लिएको निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले जानकारी दिए । सिकारी समूहले निकुञ्जको गस्ती टोली देखेपछि गोली प्रहार गरेर भागेका थिए । 

गस्ती टोलीले तस्कर समूहको गाडीको टायरमा गोली हानी उनीहरूलाई रोकेको थियो । तस्कर समूहको साथबाट एउटा मृत पोथी जरायो, भाले जरायोको सिङसहितको टाउको, १२ बोरको बन्दुक र त्यसमा लाग्ने गोली, दुई लाख ९० हजार नगद, नाइटभिजन बाइनाकुलर, आइफोन– १४ प्रो म्याक्स मोबाइलसहित अन्य पाँच थान मोबाइलसमेत बरामद भएको छ ।

गस्ती टोलीले उनीहरूले प्रयोग गरेको बा.५च ७८०५ नम्बरको ल्यान्डक्रुजर गाडी र प्रदेश २–०३–००१ च ३०९७ नम्बर बलेरो पिकअप पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेका पाँचैजनालाई निकुञ्जको नियन्त्रणमा राखेर अनुसन्धान थालिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
 

ad
ad