१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सौरभ यादव सप्तरी
२०७९ पौष ५ मंगलबार १४:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टिपरको ठक्करले बालिका मृत्यु : आक्रोशित भिडद्वारा प्रहरी चौकी तोडफोड

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
२०७९ पौष ५ मंगलबार १४:१६:००

सप्तरीको रुपनीमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि अहिले यहाँको अवस्था तनावपूर्ण बनेको छ।

विद्यालय गइरहेकी किशोरीको मृत्युपछि आक्रोशित आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा उत्रिएको भिडले इलाका प्रहरी कार्यालय रुपनीमा तोडफोड गरेको छ।

आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपनी गाउँपालिका– १ मा ना.१क ८५४२ नम्बरको टिपरले सोही स्थानका शंकर यादवकी १२ वर्षीया छोरी रिताकुमारीलाई ठक्कर दिएको थियो।  प्रदर्शन चर्कँदै गएपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड अश्रुग्यास र १० राउन्ड हवाई फायर गरेको छ।