Skip This
चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरू सुरु भए : महासचिव पोखरेल
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ५ मंगलबार १४:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावपछि मुलुकको राजनीतिमा अस्थिरताका खेलहरू सुरु भए : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १४:o४:oo

एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको टिप्पणी गरेका छन्।

मंगलबार पार्टीले बोलाएको नवनिर्वाचित सांसदहरूसँगको भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।तत्कालीन नेकपा भएको वेलामा कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने फैसलालाई सफल बनाउन नदिइएको उनले बताए।

तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरेको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने उनको दाबी छ। ‘यदि पुस ५ गते हाम्रो पार्टीको नेतृत्वमा जनतामा जाने फैसलालाई कार्यान्वयन भएको भए आज मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो,’ उनले भने।

महासचिव पोखरेलले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका गतिविधिहरू भइरहेको जिकिर गरे। चुनावपछि मुलुकको राजनीतिमा सुरु भएका अस्थिरताका खेलहरूले एमालेले अघि सारेका मान्यताहरू सही साबित गरिदिएको बताए।

उनले भने, ‘आज मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्ने खालका आशंकाका काला बादल मडारिने खालको स्थिति उत्पन्न भएको छ। गठबन्धन समस्याको समाधान होइन, हामीले चुनावअघि भनेका थियौँ।’