१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २२ शनिबार o९:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o९:१७:oo

गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चालाई कसरी हेर्नुभएको छ ? 
गणतन्त्र स्थापनापछि दुईजना राष्ट्रपति बन्नुभयो । दुवैजना राजनीतिक पृष्ठभूमिका हुनुहुन्थ्यो । उहाँहरूको निर्णयमा कहीँ न कहीँ पार्टीको धारणा, भूमिका वा सुझाब प्रतिबिम्बित भएको देखिन्छ । यसकारण राष्ट्रपतिको भूमिकालाई लिएर निकै बहस र विवाद हुँदै आएको छ । यस आधारमा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउँदा उपयुक्त हुन्छ भन्ने दृष्टिकोणले यसलाई स्वाभाविक मान्न सकिएला ।

नेपालको सन्दर्भमा  कत्तिको उपयुक्त हो ?
यसमा राष्ट्रपति गैरराजनीतिकभन्दा पनि गैरदलीय हुनु स्वाभाविक हुन सक्छ । राष्ट्रपति संविधानको संरक्षक र पालकसमेत भएकाले देशको राजनीतिक प्रक्रिया बुझेको भने हुनुपर्छ । समाजमा प्रतिष्ठित, विवाद नभएको व्यक्ति हुनु उपयुक्त हो । तर, गैरराजनीतिक या गैरदलीय भनेर विशुद्ध प्राविधिक व्यक्तिलाई बनाइयो भने लोकतान्त्रिक प्रणाली र भावना नबुझ्दा भविष्यमा अर्को दुर्घटना निम्त्याउने खतरा हुन्छ ।

चर्चा चलेको छ तर सम्भावना कत्तिको देख्नुहुन्छ ?
गैरदलीय वा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चापछि दलहरूको प्रतिक्रिया सकारात्मक छैन । अन्ततः राजनीतिक दलमा पावर सेयरिङमा राजनीतिक व्यक्तित्व वा दलसँग निकटमध्येबाटै राष्ट्रपति बन्ने सम्भावना देखिन्छ । तर, जुन पृष्ठभूमिबाट आए पनि लोकतान्त्रिक प्रणाली र संविधानको मर्म र भावनाअनुसार चल्न सक्ने व्यक्ति हुनु संविधानको भविष्यका निमित्त उपयुक्त हुन्छ । 
 

ad
ad