Skip This
दलीय व्यवस्थालाई बदनाम गराउन भ्रमपूर्ण हल्ला फिँजाइयो : प्रमुख आयुक्त थपलिया
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दलीय व्यवस्थालाई बदनाम गराउन भ्रमपूर्ण हल्ला फिँजाइयो : प्रमुख आयुक्त थपलिया

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:११:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संघ र प्रदेशमा सभा र सरकार गठनको प्रक्रिया आरम्भ भइसकेको बताएका छन्। शनिबार प्रदेश १ प्रमुख परशुराम खापुङलाई निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन हस्तान्तरणपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्।

गठबन्धनमा रहेका दल सबैलाई जिताउनुपर्छ भन्ने मतदाताको अनभिज्ञताका कारण प्रदेशमा समानुपातिकतर्फ धेरै मत भएको दाबी गरे। मत बदर हुनु दुर्भाग्य रहेको भन्दै उनले आगामी दिनमा मतदाता शिक्षालाई प्रभावकारी बनाउन लागिपर्ने बताए। मतदानको प्रतिशत घटिरहेकोबारे चाँडै जिल्ला पुगेर समीक्षा गर्ने उनको भनाइ छ। ‘देशमा रहेका मतदाताहरूले जहाँबाट भए पनि भोट दिन पाउने व्यवस्था भएको भए मतप्रतिशत सायद घट्ने थिएन होला कि। आयोगले यसबारे सोच्नेछ,’ थपलियाले भने। 

प्रमुख आयुक्त थपलियाले आगामी निर्वाचनमा ‘राइट टू नो भोट’सहित विदेशमा बस्नेहरूको मतदानको अधिकारलाई पनि आयोगले कानुन बनाएर सुनिश्चित गराउन पहल थाल्ने उल्लेख गरे।

मरेका मान्छेकाे नामबाट भोट हालेकाे हल्ला निर्वाचन र दलीय व्यवस्था बदनाम गराउने षड्यन्त्र भएको थपलियाको तर्क छ। यस्ता हल्ला लोकतान्त्रिक निर्वाचन पद्धति र राजनीतिक व्यवस्थाप्रति वितृष्णा बढाउन र अविश्वास पैदा गर्न फैलाइएको भ्रम मात्र रहेको उनको भनाइ छ।

प्रमुख आयुक्त थपलियाले अहिलेको निर्वाचन महँगो भएको भन्नेहरूलाई छिट्टै खर्च विवरण सार्वजनिक गरेर उत्तर दिने बताए। ‘बढ्दो महँगी, प्रविधि अनि तमाम समस्यालाई तुलना गरेर हामी सम्पन्न भएको निर्वाचन महँगो कि सस्तो भनेर प्रस्ट पारिदिनेछौँ। महँगो भएको रहेछ भने मजस्तो नालायक पदमा बस्न लायक रहेनछु भनेर तुरुन्तै पद छाडिदिनेछु,’ थपलियले भने।