१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस सप्तरी
Invalid date format १५:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजविराज नगरपालिकामा सहिद परिवारलाई मासिक भत्ता

Read Time : < 1 मिनेट
रासस, सप्तरी
नयाँ पत्रिका
Invalid date format १५:५३:oo

सप्तरीको राजविराज नगरपालिकाले विभिन्न आन्दोलनमा सहिद भएका नगर क्षेत्रभित्रका सहिद परिवारलाई मासिक रु पाँच हजार एक सय उपलब्ध गराएको छ।

आर्थिक वर्ष ०७९-८० को नगरसभाको निर्णयानुसार सहिद प्रतिपरिवारलाई जीवन निर्वाहका लागि मासिक पाँच हजार एक सय उपलब्ध गराउन थालिएको नगरपालिकाले जनाएको छ। हालसम्म उक्त सहयोग राशि पाउने सहिद परिवारको संख्या तीन पुगेको छ।

मासिक पाँच हजार एक सयका दरले सहिद परिवारलाई जीवन निर्वाह भत्ता प्रदान गर्ने नगरसभाको निर्णयानुसार सहयोग राशि वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनूले जानकारी  दिए। उक्त सुविधा प्राप्त गर्न सहिद प्रमाणपत्र, नागरिकता प्रतिलिपि, नाता प्रमाणित र सम्बन्धित वडा कार्यालयको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। सोअनुसार नगरपालिकाले सूचनासमेत जारी गरेको छ।

नगरसभाको पहिलो बैठकबाटै निर्णय भएबमोजिम गत साउनदेखिकै मासिकभत्ता जोडेर सहयोग प्रदान गर्न थालिएको राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परबिनले जानकारी दिइन्।