१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format ११:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:२६:oo

महोत्तरीमा एक हजारको ११ थान नक्कली नेपाली नोटसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

गत बिहीबार राति जलेश्वर नगरपालिका– ३ मलिवारा बजारस्थित चोकमा नक्कली नोट साट्न खोज्दा भारतको सीतामढी जिल्ला ग्राम पंचायत भदियन थाना नानपुर– १० बस्ने २१ वर्षीय रमन कुमार पक्राउ परेका हुन्। उनले भारतीय रुरैयासँग नेपाली नोट साट्न खोज्दा शंका लागी स्थानीयहरुले नियन्त्रणमा लिई प्रहरीलाई खवर गरेका थिए।

नक्कली नोटसहित पक्राउ परेका ती भारतीयलाई जिल्ला अदालत महोत्तरीबाट १० दिनको म्याद थप गराई अनुसन्धानमा राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए।