मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ पौष १ शुक्रबार
  • Saturday, 19 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष १ शुक्रबार १३:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीधनी कारबाहीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष १ शुक्रबार १३:२o:oo

यातायात व्यवस्था विभागले मंसिर महिनामा चार सय ५६ सवारीधनीलाई कारबाही गरेको छ। सवारी तथा ट्राफिक नियम उल्लंघन गरेकाले उनीहरूलाई कारबाही गरिएको विभागले जनाएको छ।

नियम उल्लंघन गर्ने सवारीधनी तथा सवारीचालकबाट सो अवधिमा तीन लाख ४८ हजार सात सय ५० रुपैयाँ जरिवाना असुल गरिएको छ। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा नियमावली, २०५४ तथा यातायात व्यवस्थापन कार्यविधि, २०६० (संशोधित)बमोजिम अनुगमनका क्रममा उनीहरूलाई कारबाही गरिएको विभागले जनाएको छ।