मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २९ बिहीबार १९:२२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

समृद्धि फाइनान्स र 'ए टू जेड' अनलाइन बजारबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २९ बिहीबार १९:२२:००

समृद्धि फाइनान्स र ए टू जेड अनलाइन बजारबीच सम्झौता भएको छ। यो सम्झौतापछि समृद्धि फाइनान्सका ग्राहकलाई ए टू जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५ हजारसम्म छुट दिने भएको छ।

सो सम्झौतापत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण दुवाडी र ए टू जेड अनलाइन बजारका प्रमुख कार्यकारी अधिकृत विकास भण्डारीले हस्ताक्षर गरेका छन्।

समृद्धि फाइनान्सका ग्राहकले डेबिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोडमार्फत लेक्ट्रो ब्रान्डको इ–साइकल खरिद गर्दा सबै मोडेलमा फ्लाट रू १५ हजार छुट हुने यस संस्थाका व्यवसाय प्रवर्द्धन अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए।