१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र बिओकेले राष्ट्र बैंकमा बुझाए मर्जरको अन्तिम निवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:४४:oo

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू (बिओके)ले मर्जर गर्ने सन्दर्भमा अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त निवेदन पेस गरेका छन् । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष संयुक्त निवेदन पेस गरेका हुन् । 

उक्त कार्यक्रममा दुवै बैंकका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको जनाइएको छ । यसअघि ग्लोबल आइएमई र बिओकेबीच मर्जर प्रयोजनका लागि २०७९ आषाढ २ गते प्रारम्भिक सहमतिमा तथा २०७९ कात्तिक २८ गते अन्तिम सहमतिमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।

मर्जरका निम्ति सेयर स्वाप अनुपात १ः१ कायम गर्ने दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेको जनाइएको छ । मंसिर २३ गते दुवै बैंकका साधारणसभाबाट समेत मर्जरको प्रस्ताव पारित भइसकेको बैंकले जनाएको छ । 

ad
ad