Skip This
८२५ उम्मेदवार निर्वाचित, ४,२८५ को धरौटी जफत
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

८२५ उम्मेदवार निर्वाचित, ४,२८५ को धरौटी जफत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ। निर्वाचनमा प्रतिनिधिसभा र प्रदेश सभा गरी आठ सय २५ जना उम्मेदवार निर्वाचित भएकाे आयाेगले जनाएकाे छ। 

यस्तै, याे निर्वाचनमा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी जफत भएको छ। प्रतिनिधिसभा र प्रदेश सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावमा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी जफत भएको जानकारी दिएका हुन्।

यसैबीच प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका उम्मेदवारमध्ये एक हजार नौ सय ६१ जना र प्रदेश सभातर्फ दुई हजार तीन सय २४ जना गरी जम्मा चार हजार दुई सय ८५ जना उम्मेदवारको धरौटी रकम जफत भएको आयोगले जनाएको छ। सम्बन्धित निर्वाचन क्षेत्रमा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ।

प्रतिनिधिसभातर्फ दुई सय ७५ र प्रदेश सभातर्फ पाँच सय ५० गरी आठ सय २५ जना निर्वाचित भएका छन्। जसमा प्रतिनिधिसभातर्फ पुरुष एक सय ८४ जना अर्थात् ६६ दशमलव ९० प्रतिशत र महिला ९१ जना अर्थात् ३३ दशमलव १० प्रतिशत निर्वाचित भएका छन् । यस्तै, प्रदेश सभातर्फ पुरुष तीन सय ५० जना अर्थात् ६३ दशमलव ६४ प्रतिशत र महिला दुई सय जना अर्थात् ३६ दशमलव ३६ प्रतिशत निर्वाचित भएका छन् ।  

उनका अनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको प्रतिवेदन भोलि बिहीबार राष्ट्रपतिसमक्ष पेस गर्ने भएको छ। यस्तै, प्रदेश सभा सदस्य चुनावको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई बुझाइने उनले जानकारी दिए। प्रतिवेदन पेस भएपछि निर्वाचित सांसदको नाम राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ। 

यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको चुनावमा कुनै राजनीतिक दलले कम्तीमा एक सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाअनुसार प्रतिनिधिसभातर्फ बन्दसूची पेस गर्ने ४७ दलमध्ये ४० वटा दलको धरौटी जफत भएको छ। 

यस्तै, प्रदेश सभातर्फ प्रदेश नम्बर १ मा ३०, मधेस प्रदेशमा २६, बागमती प्रदेशमा ३३, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २८ वटा दलको धरौटी जफत भएको छ।