Skip This
अर्जेन्टिना फाइनलमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २८ बुधबार
  • Saturday, 27 July, 2024
२o७९ मङ्सिर २८ बुधबार o२:५६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अर्जेन्टिना फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २८ बुधबार o२:५६:oo

क्रोएसियालाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गरी क्रोएसियालाई ३–० ले निराश पार्‍याे । 

२०१४ पछि अर्जेन्टिना फाइनल पुगेको हो । ब्राजिलमा भएको सन् २०१४ को फाइनलमा अर्जेन्टिना जर्मनीसँग भिडेको थियो । 

अर्जेन्टिना अब उपाधिका लागि भोलि मध्यरात हुने फ्रान्स र मोरक्कोबीचको विजेतासँग आउँदो आइतबार भिड्नेछ । 

सन् १९८६ मा विश्वकप जितेयता अर्जेन्टिना उपाधिविहीन छ । सर्वकालीन महान् खेलाडी मानिएका लियोनल मेसीले पुनः एकपटक आफ्नो सपना साकार पार्ने अवसर पाएका छन् । 

यो अवसर सिर्जना गर्न मेसी आफैँको पनि निकै ठूलो मिहिनेत लागेको छ । आज क्रोएसियालाई सेमिफाइनलमा पन्छाउन पनि मेसीले उत्कृष्ट खेल प्रदर्शन गरे । 

३४औँ मिनेटमा मेसीको पेनाल्टीबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । लगत्तै ३९औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । 

क्रोएसियाले प्राप्त गरेको फ्रिकिक सटिक हुन नसक्दा प्राप्त गरेको बल लिएर मेसी अघि बढेका थिए । उनले पास दिएको बललाई करिब मध्यभागबाट एक्लै अघि बढाउँदै अल्भारेजले गोल गरेका थिए ।

अल्भारेजले नै ६९औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा देशका लागि तेस्रो गोल गरे । क्रोएसियाका डिफेन्डरहरूलाई छक्याउँदै मेसीले दिएको उत्कृष्ट पासमा अल्भारेजले गोल गरेका थिए ।