मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर २६ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर २६ सोमबार २o:२२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

दक्षिण कोरियामा ७ प्रतिशतले घट्यो विवाह दर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर २६ सोमबार २o:२२:oo

दक्षिण कोरियामा विवाह दर घटेकाे छ। पछिल्लो समय विवाहमा ढिलासुस्ती हुने क्रम बढेसँगै विवाह दरमा गिरावट आएको तथ्यांकले देखाएको छ।

कोरियाली तथ्यांक कार्यालयका अनुसार सन् २०२१ को नोभेम्बर १ सम्म पाँच वर्षको अवधिमा कानुनी रूपमा विवाह गरेका दम्पतीको संख्या ११ लाख एक हजार छ। नवविवाहितको यो संख्या अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत अर्थात् ८२ हजारले कम हो।

सन् २०१५ देखि याे विषयमा तथ्यांक संकलन गर्न थालिएयताकै सबैभन्दा कम हो। धेरैजसो युवाहरूले आवासको बढ्दो मूल्य र युवाहरूका लागि उच्च बेरोजगारीजस्ता आर्थिक कठिनाइहरूको कारण विवाह गर्न छोडेको वा ढिलाइ गरेको बताइएको छ। 

पाँच वर्षको अवधिमा पहिलोपटक विवाह बन्धनमा बाँधिएका दम्पतीको संख्या गत वर्ष आठ लाख ७१ हजार अर्थात् कुल विवाहको ७९.१ प्रतिशत थियो भने दोस्रो विवाह गर्नेको संख्या दुई लाख २७ हजार अर्थात् २०.६ प्रतिशत रहेको थियो।

पहिलोपटक विवाह गरेका दम्पतीमध्ये ४५‍.८ प्रतिशतले सन् २०२१ मा बच्चा जन्माएका छैनन्। यो अघिल्लो वर्षको तुलनामा १.३ प्रतिशतले बढी हो। 

सन् २०२१ मा नवविवाहित जोडीबाट जन्मिएका शिशुको औसत संख्या अघिल्लो वर्षको ०.६८ बाट घटेर ०.६६ मा झरेको छ।

नवविवाहित जोडीमध्ये ५०.४ प्रतिशत दोहोरो आय भएका दम्पतीले बच्चा जन्माएका छैनन् भने एकल आय भएका दम्पतीमध्ये ३९.५ प्रतिशतले बच्चा जन्माएका छन्।

घरको स्वामित्वको कुरा गर्ने हो भने आफ्नै घर भएका ५९.९ प्रतिशत नवविवाहित दम्पतीले बच्चा जन्माएका छन्, जुन घर नभएका नवविवाहित दम्पतीको संख्याभन्दा बढी हो अर्थात् घर नभएका ५०.१ प्रतिशत दम्पतीले बच्चा जन्माएका छन्।