१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

युवाकवि निर्भीकको एकल कवितावाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

युवाकवि निर्भीकजंग रायमाझीको एकल कवितावाचन सम्पन्न भएको छ। उद्गार साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाडौंस्थित मण्डला थिएटरमा उनको एकल वाचन सम्पन्न भएको हो।

आठ वर्षदेखि काठमाडौंमा रहेर साहित्यकेन्द्रित गतिविधि गरिरहेका निर्भीकलाई सुन्न करिब २०० स्रोता कार्यक्रममा उपस्थित थिए। 

कार्यक्रमको सुरुमा कवि विप्लव प्रतीकले निर्भीक कविता क्षेत्रमा अथाह सम्भावना भएको व्यक्तिको रूपमा चर्चा गरेका थिए। 

लामो समयदेखि काठमाडौंमा नजिकबाट निर्भीकलाई जानेको उल्लेख गर्दै उनले काव्य जगतमा चम्किलो नक्षत्रको रूपमा निर्भीकलाई हेरेको बताए। ‘युवाहरू भावना बग्छन् भनिन्छ तर भावनाबाटै राम्रो कवि जन्मिन्छ जो निर्भीकमा पाउँछु म,’ उनले भने।

उनले निर्भीकको चटारो शीर्षकको कवितावाचन गर्दै निर्भीकका कविता लामो समय जीवित रहने टिप्पणी गरे। आफूले उक्त कविता समय-समयमा पढ्ने गरेको बताउँदै उनले उनका यी कविता सदाबहार पढिने बताए। ‘वर्तमान समयमा युवाकविमा निर्भीक बलियो हस्तक्षेप गर्ने स्रष्टा हो,’ उनले भने।

वरिष्ठ कवि तुलसी दिवसले एकभन्दा बढी पुस्तालाई जोड्ने क्षमता कविमा हुने भन्दै निर्भीकका कवितामा आफूले त्यस्तो क्षमता पाएको भनाइ राखे। निर्भीकका कवितामा परिपक्वता हुने गरेको भनाइ उनको थियो।

कवि रीमा केसी, उद्गार साहित्य प्रतिष्ठानका अध्यक्ष एवं कवि हेमन्त शिशिरलगायतले पनि आ-आफ्ना अनुभूति सुनाएका थिए। 

प्रेम, राजनीति, सामाजिक विभेद आदि विषयमा कलम चलाउने निर्भीकले कार्यक्रममा आँखीझ्याल, बतासको लय, मेरो टोपी कैलाशको शिरजस्तो छैन, खिर खानेदिनलगायत एक दर्जन कविता सुनाएका थिए।