Skip This
अध्यादेशमा कांग्रेस नेता केसीको पनि असहमति
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अध्यादेशमा कांग्रेस नेता केसीको पनि असहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:o५:oo

नेपाली कांग्रेसका नेता एवं नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याउन लागेको अध्यादेशमा आपत्ति जनाएका छन्। सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले काम चलाउ सरकारले आजीवन कारावासको सजाय पाएका नेता, कार्यकर्तालाई रिहाइ गर्ने गरी अध्यादेश ल्याउनु सही नभएको बताए।

जनताको जनादेश लिएर नयाँ संसद् निर्वाचित हुन नपाउँदै सरकारले ल्याएको अध्यादेशबारे आफूले बुझ्न नसकेको उनले प्रतिक्रिया दिए। अध्यादेश किन र कति जरुरी थियो भन्ने कुरा नै सरकारले नबुझेको उनले टिप्पणी गरे। ‘अहिलेको सरकारको स्वरूप केयर टेकर हो। दोस्रो भर्खर जनताको जनादेश लिएर नयाँ संसद् निर्वाचित भएको छ, त्यो बीचमा यो अध्यादेशको किन र कति जरुरी थियो, मैले आफूले पनि बुझेको छैन,’ नेता केसीले भने।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाइ गर्ने गरी अध्यादेश ल्याएको छ। सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरणमा सबैलाई काम गर्न दिने मनसायका साथ अध्यादेश ल्याएको स्पष्टीकरण दिएको छ।