Skip This
‘अभियुक्त’ छुटाउने अध्यादेश घोर आपत्तिजनक : राप्रपा नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘अभियुक्त’ छुटाउने अध्यादेश घोर आपत्तिजनक : राप्रपा नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:४५:oo

सरकारले ल्याउन लागेको अध्यादेशप्रति राप्रपा नेपालले आपत्ति जनाएको छ। 

राप्रपा नेपालले सोमबार विज्ञप्ति जारी गर्दै सत्ता स्वार्थका निम्ति नयाँ संसद्को बैठक बस्ने पूर्वसन्ध्यामा गम्भीर आपराधिक घटनाका अभियुक्तहरूलाई उन्मुक्ति दिने गरी सरकारले ल्याउन खोजेको अध्यादेश घोर आपत्तिजनक रहेको जनाएको छ।

साथै लोकतन्त्रको खिल्ली उडाउने यस्ता कार्य तत्काल रोक्न राप्रपा नेपालले सरकारसँग माग गरेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि अध्यादेशप्रति आपत्ति जनाएका छन्। 

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आममाफी दिने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि यसको आलोचना भएको छ।  
 

ad
ad