१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनप्रतिनिधि र कर्मचारी फुटबल मैदानमा, मेयर बालेनको टिम पराजित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:१३:oo

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल भएको छ। सोमबार महानगर दिवसको अवसरमा दशरथ रंगशालामा प्रमुख ११ (जनप्रतिनिधि) र प्रशासकीय अधिकृत ११ (कर्मचारी)बीच मैत्रीपूर्ण फुटबल भएको हो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको नेतृत्वमा प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा प्रशासकीय अधिकृत ११ मैदान उत्रिएका थिए। प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरू थिए भने प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरू थिए।

जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र साह खेलको उत्तरार्द्धमा मात्रै मैदान छिरेका थिए। मेयर साह मैदान प्रवेश गर्दासम्म टिमले पाँच गोल खाइसकेको थियो। खेल ६–१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जितेको छ।