
विश्वकप इतिहासमा इटाली चारपटकको विजेता हो । इटालीसँगै जर्मनी पनि समान चारपटककै विजेता हो । इटालीले सन् १९३८ मा दोस्रोपटक विश्वकप उपाधि उचालेको थियो । इटाली दोस्रोपटक विश्वविजेता हुन ४४ वर्ष लाग्यो ।
स्पेनले आयोजना गरेको सन् १९८२ विश्वकप इटालीलाई निकै फाप्यो । यस संस्करणमा २४ राष्ट्रले भाग लिएका थिए । इटालीले फाइनलमा पश्चिम जर्मनीको सामना गरेको थियो । इटालीले दोस्रोपटक उपाधि उचाल्न रोसी, डेली तथा अल्टोवेलीले एक–एक गोल गरेका थिए ।
पश्चिम जर्मनी र इटालीबीचको पहिलो हाफ गोलरहित भएको थियो । फाइनलका चारै गोल मध्यान्तरपछि निस्किए । यसअघि इटालीले सेमिफाइनलमा पोल्यान्डमाथि २–० को जित निकाल्यो । अन्तिम चारमा रोसीले नै दुई गोल गरेका थिए । समूह १ मा परेको इटाली उपविजेता हुँदै नकआउट चरणमा पुगेको थियो । इटालीले समूहका तीनवटै खेल बराबरी नतिजा निकालेको थियो ।
पोल्यान्ड, क्यामरुन र पेरुसँग बराबरी खेल्यो । त्यसपछि इटाली चौथोपटक विजेता बन्न २४ वर्ष लगायो । सन् २००६ मा जर्मनीले आयोजना गरेको विश्वकपमा इटालीले उपाधि जितेको थियो । इटालीले फाइनलमा फ्रान्सलाई हराएको थियो । त्यसयता इटाली विश्वकपको फाइनलमा पुगेको छैन ।